सुनसरीका ९ जना जुवाडे पक्राउ



सुनसरी । जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । सुनसरीको धरान उपमहानगरपालिका वडा न.११ सगरमाथा टोल बस्ने ५५ वर्षीय टीका साम्पाङको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४५ वर्षीय शिवराज राई लगायत ९ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार २ सय ५ रूपैंया र ५ बुक ताससहित पक्राउ गरेको प्रहरीले जनाएको छ । थप यस सम्बन्धमा अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति : पुस ९, २०८० सोमबार  ८ : ०६ बजे