ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी



काठमाडौं,१३ पुस । ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमाथि आगजनी गरिएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर युवाहरूले बालकुमारीमा प्रदर्शन गरेका थिए । त्यसक्रममा आन्दोलनकारि युवाहरूले मन्त्रीको गाडीमा आगो लगाएका हुन् ।

मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले गाडीमा आगो लगाएका हुन् । उनीहरुले बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् ।उनीहरुले सडक पनि अबरुद्ध पारेका छन् । अहिले बालकुमारी क्षेत्र तनावग्रस्त छ ।

प्रकाशित मिति : पुस १३, २०८० शुक्रबार  १ : ०६ बजे