मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुम्बिनी प्रदेशसभाः संसदीय समितिको निर्वाचन पुनःस्थगन



लुम्बिनी, १५ पुस । लुम्बिनी प्रदेशसभाका विषयगत समितिका सभापतिको निर्वाचन पुन स्थगित भएको छ । सभामुख तुलारामको घर्तीको निर्देशनअनुसार अर्को सूचना जारी नभएसम्मका लागि विशेष कारण देखाउँदै आज जारी गरिएको सूचनामा निर्वाचन स्थगित भएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।

सभामुख घर्तीको अध्यक्षतामा अघिल्लो साता बसेको कार्यव्यवस्था परामर्श समितिको आठौँ बैठकले यही पुस १६ गते विषयगत समितिको सभापतिको उम्मेदवारी दर्ता र १७ गते निर्वाचनको मिति तय गरेको थियो । तर प्रदेशसभा सचिव पुनले आज जारी गरेको सूचनामा प्रदेशसभा कार्यव्यवस्था समितिको यही १७ पुसमा तोकिएको समितिका सभापतिको निर्वाचन स्थगित भएको जानकारी गराए । 

प्रदेशसभा सचिव पुनले समितिको निर्वाचनका लागि आवश्यक तयारी हुन नसकेका कारण एक सातालाई सार्न सभामुख घर्तीलाई मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र प्रमुख विपक्षीदलका नेता लिला गिरीले अनुरोध गरेकाले सभामुखको निर्देशनमा स्थगित गरिएको जानकारी दिए ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ९ : ०२ बजे