काठमाडौं । रुस–युक्रेन युद्धमा थप तीन नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरबहादुर शाह र धादिङका राजकुमार गिरी रहेको परराष्ट्र स्रोतले पुष्टि गरेको हो ।
मृत्यु भएको मृत्यु हुने तीनैजना रुसी सेनामा भर्ना भएका नेपाली हुन् । थप तीनजनाको मृत्य भएसँगै रुस–युक्रेन युद्धमा मारिने नेपालीको संख्या १० पुगेको छ ।
रुसी सेनामा भर्ती भएका चार नेपालीलाई युद्धका क्रममा युक्रेनी सेनाले नियन्त्रणमा लिई युद्धबन्दी बनाएको छ ।














