प्रधानमन्त्री कप टी २० क्रिकेटको उपाधि एपीएफलाई



काठमाडौं । प्रधानमन्त्री कप टी २० महिला क्रिकेट प्रतियोगिताको उपाधि विभागीय क्लब एपीएफले जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा कोशी प्रदेशलाई ११ रनले पराजित गर्दै एपीएफले उपाधि जितेको हो ।

एपीएफले दिएको ११५ रनको लक्ष्य पछ्याएर मैदान उत्रिएको कोशी प्रदेशले अन्तिमसम्म प्रतिस्पर्धा गरे पनि निर्धारित ओभरमा ४ विकेट गुमाएर १०३ रनमात्रै जोड्न सक्यो ।कोशीकी कप्तान रुविना क्षत्रि १९ औं ओभरमा आउट हुँदा नै कोशी प्रदेश टेली हार नजिक पुगेको थियो ।

रुविनाले ६२ रनको पारि खेलिन् । यस्तै, काजल श्रेष्ठे २२ रन बनाउँदा अप्सरी बेगम ८ रन बनाएर रन आउट भइन् । यस्तै, लकिता राजभण्डारीले २ रन जोडिन् ।एपीएफका लागि सीता रानामगर र करुणा भण्डारीले एक एक विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित ओभरमा ७ विकेट गुमाएर ११४ रन बनाएको थियो । कोशी प्रदेशका लागि अन्तिम ओभरमा अप्सरी बेगेमले ह्याट्रिक विकेट लिइन् ।एपीएफमाथि सुरुमा कोशी प्रदेश हावी भएको थियो । ३.३ ओभरमा १३ रन बनेका बेला एपीएफले पहिलो विकेट गुमाउन पुग्यो । एपीएफकी कप्तान सीता रानागमर व्यक्तिगत १ रन बनाएर आउट भइन् ।

उनले ८ बल फेस गरिन् । त्यसपछि ओपनर ज्योति पाण्डे र इन्दू वर्माले पारि सम्हाले पनि रन बनाउन भने निकै संघर्ष गरेका थिए । ९.१ ओभरमा टिमको स्कोर ४१ रन भएका बेला एपीएफले दोस्रो विकेट गुमाउन पुग्यो ।

एपीफकी ज्योति पाण्डे ३० बलमा २७ रन बनाएर आउट भइन् । उनले ३ चौका प्रहार गरिन् । यस्तै, रोमा थापाले १५ बलमा १४ रनको पारि खेल्दा ममता चौधरीले ६ बलमा ३ रनको मात्र योगदान गरिन् । १९.१ ओभरमा आउट भएकी इन्दू वर्माले अर्धशतकीय पारि खेल्दै टिमको स्कोर १०० प्लस कटाइन् । व्यक्तिगत ५३ बर बनाउँदा ४७ बल फेस गरिन् । उनको ब्याटबाट १ छक्का र ६ चौका निस्कियो ।

दोस्रो बलमा नेरी थापालाई आउट गरेकी अप्सरील तेस्रो बलमा सोनु खड्काले विकेट लिँदै ह्याट्रिक पूरा गरिन् । सरिता मगरले ९ रन बनाउँदा करुणा भण्डारीले २ रन बनाए ।

कोशी प्रदेशका लागि अप्सरी बेगमले ह्याट्रिक विकेट लिँदा खडियाले २ विकेट लिइन् । यसैगरी रुविना क्षत्री र निशा शाहले समान एक एक विकेट हात पारे ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ७ : २३ बजे