मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्रीका सल्लाहकार गजुरेलको राजीनामा स्वीकृत



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ ।

बिहीबार प्रधानमन्त्री कार्यालयले मंसिर २० देखि लागू हुनेगरी गजुरेलको राजीनामा स्वीकृत गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले गजुरेललाई गत माघ ९ गते प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेका थिए । प्रधानमन्त्री दाहालले आफ्नो सरसल्लाह र कुरा नसुनेको भन्दै गजुरेलले राजीनामा दिएको बताएका थिए । गजुरेल माओवादी केन्द्रका उपमहासचिब हुन् ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ३ : १२ बजे