काठमाडौं । काठमाडौंको माइतीघरबाट डाक्टर गोविन्द केसी सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । निषेधित क्षेत्र घोषणा गरिएको माइतीघरमा प्रदर्शन गर्ने क्रममा
डाक्टर केसी सहित ७ अन्य अभियन्ताले निषेधित क्षेत्र घोषणा गरिएको माइतीघरमा प्रदर्शन गर्न थालेपछि उनिहरुलाइ प्रहरीले पक्राउ गरेको हो । डाक्टर केसी सहितले शनिबार दिउँसो १२ बजे माइती घरमण्डलामा दबाबमूलक र्याली आयोजना गर्ने तयारी गरिरहेका थिए ।
सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्याउनुपर्ने,स्वास्थ्य र मेडिकल शिक्षामा सुधार, सबै नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार तथा विद्यार्थीहरूको योग्यताका आधारमा निःशुल्क वा न्यूनतम शुल्कमा मेडिकल शिक्षा पढ्न पाउनुपने लगाएतका मग राखेर केसी सहितका अन्य अभियन्ताले दबाब दिदै आएका छन् ।