मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संसदीय समिति मेलम्चीको स्थलगत निरीक्षणमा जाने



काठमाडौं । संसदको दिगो विकास तथा सुशासन समितिले मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गर्ने भएको छ । मेलम्ची खानेपानी विकास समितिले एक महिनाभित्र मेलम्चीको खानेपानी उपत्यकामा ल्याउने प्रतिबद्धता सार्वजनिक गरेपछि समितिले त्यसमा चासो देखाएको हो ।

यसका लागि समितिले आयोजनाको स्थलगत अध्ययनमा जान सदस्यहरुलाई तयार रहन भनेको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले मेलम्चीको पानी काठमाडौंमा एक महिनाभित्र ल्याउने विषय महत्वपूर्ण रहेको उल्लेख गर्दै छिटै स्थलगत अनुगमन तथा निरीक्षणमा जाने निर्णय गरेको हो ।

निर्णय सुनाउँदै समिति सचिव डा. रोजनाथ पाण्डेले भने, ‘मेलम्चीको पानी २८ दिनभित्र काठमाडौंमा ल्याउने भनिएको छ । त्यसको प्रगति हेर्नुप¥यो । मेलम्चीले एक दिन पानी वितरण गर्दाखेरी आम नागरिकको जुन करोडौं रुपैयाँ खर्च भइरहेको छ, त्यो बचत हुँदो रहेछ । एक दिन पनि ढिलाइ गर्दा धेरै नोक्सानी छ भने यो कुरालाई हामीले सचेत गराएर जान सक्छौं । यसको स्थलगत अनुगमन गर्नका लागि हामी तयारीमा रहनुपर्छ ।’

साथै समितिले नागढुंगा सुुरुङमार्गको प्रगति विवरण बुझ्नुपर्नेमा जोड दिएको छ । यस्तै संसद भवन निर्माणको प्रगतिबारे पनि समितिले अनुकूलता हेरेर स्थलगत निरीक्षण गर्नुपर्ने निर्णय गरेको छ ।

सोह्रौं पञ्‍चवर्षीय योजनाको सम्बन्धमा छलफल गर्न डाकिएको बैठकमा समिति सचिव पाण्डेले समितिले यो महिनाको अन्त्यसम्ममा राष्ट्रिय योजना आयोगलाई सुझावहरु पठाउने जानकारी गराएको छ ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ७ : ०८ बजे