मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सार्कका नवनियुक्त महासचिवले गरे राष्ट्रपति पौडेलसँगसँग शिष्टाचार भेट



काठमाडौँ, २५ पुस । राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का नवनियुक्त महासचिव मोहम्मद गोलाम सरवरले शिष्टाचार भेट गरेका छन् ।

राष्ट्रपतिभवनमा आज अपराह्न भएको भेटमा राष्ट्रपति पौडेलले सार्कको संस्थापक सदस्य तथा वर्तमान अध्यक्षको हैसियतमा नेपाल सदस्य राष्ट्रहरुबीच एकता र ऐक्यबद्धताको भावनामा सार्क प्रक्रियालाई अगाडि बढाउन पूर्ण प्रतिबद्ध रहेको बताए ।

राष्ट्रपतिको कार्यालयका अनुसार सार्कका अन्य सदस्य राष्ट्रहरुले पनि सहयोग र समझदारीका माध्यमबाट सार्कलाई गति दिनेछन् भन्नेमा आफू आशावादी रहेको राष्ट्रपतिले बताए ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ९ : ०० बजे