मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जसपाको केन्द्रीय समितिको बैठक बस्दै, महाधिवेशन प्रस्तावमाथि निर्णय हुने



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज बस्दै छ ।बिहान ११ बजेका लागि बोलाइएको बैठक ललितपुरको ज्यापु प्रज्ञा भवनमा बस्नेछ ।

राजनीतिक समितिको बैठक पार्टीको महाधिवेशन आगामी जेठ २८ देखि ३० गते धनुषामा गर्ने प्रस्तावबारे आजको केन्द्रीय समिति बैठकमा छलफल हुने बताइएको छ । त्यस्तै, राजनीतिक तथा सांगठनिक प्रतिवेदनउपर निर्णय हुनुका साथै राजनीतिक तथा सांगठनिक प्रस्तावमाथि निर्णय हुने बताइएको छ ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ९ : ४८ बजे