माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ ।

बैठकमा पार्टीको विधान संसोधनबारे छलफल बैठकको मुख्य एजेण्डा रहेको सापकोटाले बताए । पार्टीको विधान मस्यौदा समितिले १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरेको थियो । उक्त प्रस्तावमाथि पनि आजको बैठकमा छलफल हुने उनले बताए ।

त्यस्तै, बैठकमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समिक्षा पनि हुनेछ ।

प्रकाशित मिति : पुस २८, २०८० शनिबार  १२ : ०२ बजे