मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोखरा सडक महोत्सव : ३५ हजारले गरे अवलोकन, एक करोडभन्दा बढीको कारोबार



पोखरा । पोखराको अमरसिंह मैदानमा जारी पोखरा सडक महोत्सव अवलोकन गर्न दर्शकको भीड लागेको छ । आयोजकका अनुसार महोत्सवको पाँचौ दिन सोमबार मात्रै ३५ हजार दर्शकले प्रत्यक्ष अवलोकन गरेका छन् । एकै दिन १ करोड १५ लाख बराबरको कारोबार भएको महोत्सवका अर्थ व्यवस्थापन उपसमितिका संयोजक सूर्यबहादुर बानियाँले बताए ।

महोत्सवमा याक अवलोकन, घोड सवार, नेपाल टेलिकमको सिमकार्ड लिने र विभिन्न जातजातिको मौलिक पोसाक लगाइ तस्वीर खिचाउने दर्शकको भीड लागेको छ । महोत्सवमा विद्यालयस्तरीय लोकनृत्य प्रतियोगितासमेत सुरु भएको छ । सोमबार लोकदोहोरी गायक राजु परियार र सिम्रन परियारको सांगीतिक प्रस्तुतिमा दर्शकले मनोरन्जन लिए ।

राजु र सिम्रनसँगै प्रजापति पराजुली, जीवन दाहाल, राजन कार्की, शिव ढुंगाना, जीवन सिग्देल, दीपक कार्की, मञ्जु बिक, सुनिता नेपाली लगायतले सांगीतिक प्रस्तुति दिएका छन् । साँझको लाइभ ब्याण्डतर्फ लाहुरे एण्ड द ब्याड कम्पनीको प्रस्तुतिमा युवा दर्शक झुमेका थिए ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ७ : ०१ बजे