मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

न्यूजिल्याण्ड बन्यो २ खेल अगावै टी २० सिरिज बिजेता



काठमाडौं । पाकिस्तानविरुद्धको टी २० क्रिकेटमा न्युजिल्याण्डले २ खेल अगावै सिरिज जितेको छ । ५ खेलको सिरिजमा लगातार ३ खेल जित्दै न्युजिल्याण्डले सिरिज आफ्नो पक्षमा पारेको हो । बुधबार भएको तेस्रो खेलमा न्युजिल्याण्ड ४५ रनले विजयी भयो ।

पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर २२४ रन बनाएको थियो । जवाफमा पाकिस्तानले पुरा ओभर खेलेर ७ विकेट गुमाउँदै १७९ रन मात्रै बनाउन सक्यो ।न्युजिल्याण्डका ओपनर डेभोन कोनवेको खराब फर्म जारी रह्यो र उनी चौथो ओभरमा ७ रन बनाएर हरिस रउफको शिकार बने । अर्का ओपनर फिन एलेनले पाकिस्तानी बलरमाथि हावी हुने क्रममा २६ बलमा आफ्नो अर्धशतक पूरा गरे । उनलाई टिम सेफर्टले साथ दिएका थिए जसले २३ बलमा ३१ रनको इनिङ खेले । दोस्रो विकेटका लागि १२५ रनको साझेदारी गर्दै स्कोर १५० भन्दा माथि पु¥याउन महत्वपूर्ण योगदान दिएका थिए ।

यो साझेदारी मोहम्मद वासिमले तोडेका थिए । सेफर्ट १४औं ओभरमा १५३ रनको स्कोरमा आउट भएका थिए । डेरिल मिचेल पनि सस्तोमा आउट भए र उनको ब्याटबाट ८ रन बनेको थियो । तर, फिन एलनले आक्रामक प्रहार गर्दै ४८ बलमा न्युजिल्याण्डको टी २० इतिहासमा तेस्रो छिटो शतक बनाए ।

१८औं ओभरमा २०३ रनमा आउट हुनुअघि एलेनले ६२ बलमा ६ चौका र १६ छक्का प्रहार गरी १३७ रन बनाएका थिए । ग्लेन फिलिप्सले १९ रनको इनिङ खेल्दै आफ्नो टोलीलाई पाकिस्तानविरुद्ध दोस्रो ठूलो स्कोरमा पु¥याए । पाकिस्तानका लागि हरिस रउफले सर्वाधिक दुई विकेट लिए पनि उनले ६० रन खर्चिएका थिए ।

लक्ष्य पछ्याउँदा पाकिस्तानको सुरुवात खासै हुन सकेन र चौथो ओभरमा नै ओपनर साम अयुबले १० रन बनाएर स्कोर २३ मा पुर्याएका थिए । अर्का ओपनर मोहम्मद रिजवान पनि लामो समय टिक्न सकेनन् र आठौं ओभरमा २४ रनको व्यक्तिगत स्कोरमा आउट भए । फखर जमानले १० बलमा १९ रन बनाएका थिए भने आजम खान १३ औं ओभरसम्म ७ बलमा १० रन बनाएर पभेलियन फर्किए र त्यतिबेला स्कोर ११५ थियो ।

तर, बाबर आजमले एक छेउबाट लगातार प्रदर्शन गर्दै केही उत्कृष्ट शटहरू प्रहार गरेका थिए । इफ्तिखार अहमद १५औं ओभरमा १ रनको व्यक्तिगत स्कोरमा रनआउट भए । बाबरले शृङ्खलामा लगातार तेस्रो अर्धशतक बनाए र १६औँ ओभरमा ३७ बलमा ५८ रन बनाएपछि १३४ रनको स्कोरमा छैटौं विकेटका रूपमा आउट भए । अन्तिम ओभरमा मोहम्मद नवाजले १५ बलमा २८ रन बनाए भने कप्तान शाहिन अफ्रिदी १६ रनमा नटआउट रहे पनि पाकिस्तानलाई ठूलो हारबाट जोगाउन सकेनन् । न्यूजिल्याण्डका लागि टिम साउथीले सर्वाधिक २ विकेट लिए ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  १ : २० बजे