विराटनगर । इलाममा आजदेखि सुरू भएको इलाम गोल्डकप फुटबल प्रतियोगितामा आयोजक रेडहर्स फुटबल क्लबले विजयी सुरूवात गरेको छ ।राष्ट्रिय टोलीमा समेत अनुभव बटुलिसकेका इलामकै नवयुग श्रेष्ठले विजेता टिमका तर्फबाट ह्याट्रिक गरेका छन् ।
उनको ह्याट्रिकसँगै आयोजक रेडहर्स फुटबल क्लबले इलामको ठूलो टुँडिखेलमा भएको उद्घाटन खेलमा विजयी सुरुआत गरेको हो ।नवयुगले भारत दार्जिलिङको एमएफसीविरुद्ध लगातार तीन गोल गरेका हुन् । नवयुग नै आजको खेलको म्यान अफ् दि म्याच घोषित भए ।
हाफ टाइमअघि १–० गोलले अघि रहेको आयोजक हाफ टाइमपछि लयमा फर्किएको थियो । हाफ टाइमअघि आयोजकतर्फबाट जर्सी नम्बर ११ का उत्सव राईले गोल गरेका थिए ।आयोजक टोली राष्ट्रिय टिमका अनुभवी नवयुग, इलामे अर्का खेलाडी छिरिङ गुरुङसहित मैदान उत्रेको थियो ।














