भैरहवा । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको विभागीय डर्वीमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा मंगलबार भएको खेलमा आर्मीले अर्को विभागीय क्लब एपीएफलाई ४ विकेटले पराजित गरेको हो ।
जारी प्रतियोगितामा आर्मीको तेस्रो जीत हो भने एपीएफको तेस्रो हार भएको छ ।पहिला ब्याटिङ गरेको एपीएफले कप्तान रोहित पौडेलको अर्धशतकको मद्दतले ३२.४ ओभरमा १२१ रन बनाएको थियो ।बिहानको समयमा बाक्लो हुस्सु लागेकाले खेल भने ३६ ओभरमा झारिएको थियो ।१२२ रनको लक्ष्य आर्मीले २३.३ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो ।
पहिले ब्याटिङ गरेको एपीएफका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५९ रनको अर्धशतकीय पारि खेले । यसैगरी भुवन कार्कीले १६ तथा सुजित महर्जनले १४ रन बनाए । आर्मीका सोमपाल कामीले ३ विकेट लिँदा अभिनाश कर्णले २ विकेट हात पारे । यस्तै विवेक यादव, सहाव आलम र वसिर अहमदले एक एक विकेट लिए रआर्मीका कप्तान विनोद भण्डारीले नटआउट ३४ रन बनाउँदा कुशल मल्लले १८ रन बनाए । यस्तै, बसिर अहमदले १८, इमरान शेखले १६ तथा सन्तोष कार्कीले ११ रन बनाउँदै खेल जिताए ।
एपीएफका रमेश कुर्मीले २ विकेट लिँदा मौसम ढकाल र रोहित पौडेलले एक एक विकेट लिए ।