मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रिय सभा निर्वाचन : सत्ता गठबन्धनका कृष्ण सिटौला विजयी



विराटनगर । कोशीबाट राष्ट्रियसभा निर्वाचनमा ‘अन्य’ तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला विजयी भएका छन् ।
प्रदेशसभाका ९३ सदस्यमध्ये सिटौलाले ४५ मत पाए भने राप्रपा उम्मेदवार पौडेलले ४७ मत पाए । सत्तारुढ गठबन्धनको प्रदेशसभामा ४७ मत भए पनि २ जनले सिटौलालाई मत दिएनन् । एक मत भने बदर भएको थियो ।

स्थानीय तहतर्फ सिटौलाले १५३ मत प्राप्त गरे भने राप्रपा उम्मेदवार पौडेलले १०९ मत प्राप्त गरे । स्थानीय तहतर्फ ४ मत बदर भएको छ ।

महिलातर्फ एमालेकी रुक्मिणी कोइराला विजयी भएकी छन् । उनले माओवादीकी चम्पा कार्कीलाई हराएकी छन् ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ७ : १२ बजे