मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता सुरु



मकवानपुर । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडामा सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ ।हेटौंडा–६ स्थित गौरीटार बहुउद्देश्यीय रंगशालामा सुरु भएको प्रतियोगितामा वाग्मती युवा क्लब सर्लाहीले विजयी यात्रा सुरु गरेको छ ।

उद्घाटन खेलमा वाग्मतीले पाहुना टोली पारो एफसी क्लब भुटानलाई ३–१ गोलअन्तरले पराजित ग¥यो । वाग्मतीको जितमा राज भुसालले २ तथा सृजन गौतमले एक गोल गरे । भुसाल र गौतमले खेलको पहिलो हाफमा एक÷एक गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको १६औं मिनेटमा गौतमले थप एक गोल गर्दै वाग्मतीको जित सुनिश्चित गरे । खेलको अन्तिम चरणमा भुटानका तर्फबाट सृजुब दोर्जीले सान्त्वना गोल गरेका थिए ।

प्रतियोगितामा भुटानले केही राम्रा अवसर पाएको भए पनि गोल गर्न नसक्दा निराश हुँदै घर फर्किन बाध्य भएको छ । खेलको म्यान अफ द म्याच वाग्मतीका राज भुसाल घोषित भए । उनले नगद १० हजार र ट्रफी प्राप्त गरे ।

माघ २७ गतेसम्म सञ्चालन हुने छैटौं संस्करणको मकवानपुर गोल्डकपमा १२ टोलीको सहभागिता छ । प्रतियोगितामा बुधबार न्युरोड फुटबल क्लब (एनआरटी) र हिमालयन शेर्पा खेल्दैछन् । मकवानपुरका स्थानीय तहहरूको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख पाउने छ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान बुलेट मोटरसाइकल हात पार्नुका साथै विधागत उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने जनाइएको छ ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ७ : २६ बजे