अनुगमन तथा मूल्यांकन सम्बन्धी विधेयक परिमार्जनसहित पारित



काठमाडौँ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले राष्ट्रिय सभाबाट पारित भएर आएको अनुगमन तथा मूल्यांकन सम्बन्धी विधेयक परिमार्जनसहित पारित गरेको छ ।

समितिको बिहीबारको बैठकले अनुगमन तथा मूल्यांकन सम्बन्धी विधेयक २०७६ पारित गरेको हो । विधेयकले संघीय सरकारको संघीय आयोजना र संघीय सरकारको अनुदानमा सञ्चालित आयोजना अनुगमन तथा मूल्यांकन गर्ने व्यवस्था गरेको छ ।

२८ फागुन २०७६ मा राष्ट्रिय सभामा दर्ता भएको उक्त विधेयक २३ माघ २०७९ मा पारित भएर प्रतिनिधि सभामा आएको थियो ।त्यो विधेयकमाथि झण्डै एक वर्षपछि गत आइतबारदेखि राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल सुरु भएको थियो ।

प्रकाशित मिति : माघ १८, २०८० बिहीबार  ७ : ४५ बजे