नवनियुक्त महासचिव पाण्डेयले लिए शपथ



काठमाडौं । संघीय संसद्का नवनियुक्त महासचिव पद्मप्रसाद पाण्डेयले शपथ ग्रहण गरेका छन् ।बुधबार संसद भवनमा सभामुख देवराज घिमिरेले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

शपथ ग्रहण समारोहमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्याल, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतको उपस्थिति थियो । पाण्डेयलाई राष्ट्रपति रामचन्द्र पौडेलले संसद् महासचिवमा नियुक्त गरेका हुन् ।

प्रकाशित मिति : माघ २४, २०८० बुधबार  १२ : ४२ बजे