सहकारी ठग्नेलाई तत्काल कारबाहि हुनुपर्छ : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले नागरिकता कीर्ते गर्ने र सहकारी ठग्नेमाथि कारबाही गर्न माग गरेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै थापाले उक्त प्रकरणमा संलग्न जतिसुकै शक्तिशाली भए पनि कानूनी दायरामा आउनुपर्ने बताएका हुन् ।

उनले राजनीतिक वा आर्थिक शक्तिमा आबद्ध भएकै कारण नेपालको सार्वजनिक जग्गा कसैले हडप्न खोने छुट नपाउने बताए । आमनागरिकले निक्षेप संकलन गरेर जम्मा गरेको सहकारीमा ठगी धन्दाको मतियार कानुनी कारबाहीको दायरामा आउनु पर्दैन ? भन्दै उनले प्रश्न गरे ।

उनले भने, ‘जोसुकै होस् जतिसुकै शक्तिशाली होस् राजनीतिक शक्ति होस् कि आर्थिक शक्ति होस्, नेपालको सार्वजनिक जग्गा कसैले हडप्न खोज्छ भने सजाय पाउनु पर्दैन ? दण्ड पाउनु पर्दैन ? जुनसुकै पदमा बसेको होस् । आमनागरिकहरूले निक्षेप संकलन गरेर जम्मा गरेको पैसा ठगी धन्दाको मतियार हुन्छ भने कानुनी कारबाहीको दायरामा आउनु पर्दैन ?’

उनले संसदमा रहेका सबै राजनीतिक दलहरूले आफ्नो काम गर्ने तरिका बदल्नुपर्ने बताए ।

प्रकाशित मिति : माघ २४, २०८० बुधबार  १ : ०३ बजे