मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोखरामा आइतबारदेखि मनमोहन स्मृति क्रिकेट



काठमाडौं । पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको सम्झनामा मनमोहन स्मृति यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ ।मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजना र नेपाल क्रिकेट संघ (क्यान) को समन्वयमा हुने तेस्रो संस्करणको प्रतियोगिता आगामी आइतबारदेखि अगामी फागुन ७ सम्म पोखरा रंगशालामा आयोजना हुने बुधबार पत्रकार सम्मेलनमार्फत आयोजकले जनाएको हो ।

सेन्टरका अध्यक्ष ठाकुर गैरेले नेपाल क्रिकेट संघ क्यानको वार्षिक कार्यतालिका अनुसार हुने प्रतियोगिताले क्रिकेट खेलको विकासमा टेवा पु¥याउने बताए । उनले भने, ‘बालबालिकालाई खेल क्षेत्रमा आकर्षित गराउन हामीले यो आयोजना गर्दै आएका छौं । नेपाल क्रिकेट संघको वार्षिक कार्यक्रमअनुसार हुन गइरहेको खेलमा राष्ट्रिय खेलकुद( राखेप)ले पनि सहयोग गर्ने छ भन्ने अपेक्षा छ ।’
प्रतियोगिता आयोजनामा करिब ४२ लाख रुपैयाँ खर्च हुने बताउँदै गैरेले स्रोत व्यवस्थापनको काम भइरहेको बताए ।

सानो उमेरसमूह केन्द्रित प्रतियोगिताले राम्रा खेलाडी उत्पादनमा सहयोग पुग्ने ठानेर स्थापनाकालदेखि नै १६ वर्षभन्दा मुनि (यु–१६) फम्र्याटको प्रतियोगितालाई प्राथमिकता दिँदै उनको भनाइ छ । सात वटै प्रदेश र आयोजक मनमोहन मेमोरियलको एक गरि जम्मा आठ वटा टोलीको सहभागिता रहने प्रतियोगिताको उद्घाटन खेल गण्डकी र कर्णाली प्रदेशबीच हुने आयोजकले जनाएको छ ।

तालिकाअनुसार २५ ओभरका १५ खेलहरु (१२ लिग, २ सेमीफाइनल र १ फाइनल) सञ्चालन हुनेछन् । नकआउट चरणमा खेलाइने खेलमा प्रतियोगिताको समूह ‘क’ मा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेश छन् भने समूह ‘ख’ मा मधेस, लुम्बिनी, सुदूरपश्चिम तथा मनमोहन मेमोरियल टिम छन् ।

प्रतियोगितामा विजेताले एक लाख र उपविजेता टिमले ५० हजार नगदसहित ट्रफी पाउने छन् ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ८ : ३५ बजे