क्यानडाविरुद्ध ३० ओभरमा नेपालले बनायो १४३ रन,पाँच विकेट पतन



क्यानडाविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले ३० ओभरमा पाँच विकेट गुमाएर एकसय ४३ रन बनाएको छ ।

पहिले ब्याटिङ गरेको नेपालका लागि अर्धशतक प्रहार गरेका कुशल भुर्तेल ६२ रन जोडेर आउट भएका छन्।

एकदिवसीय खेलमा सातौं अर्धशतक प्रहार गरेका उनले ५८ बलमा ९ चौका र १ छक्का प्रहार गरे।

कुशलका ओपनिङ पार्टनर आसिफ शेख ८ रनमै आउट भए भने कप्तान रोहितकुमार पौडेलले पनि ८ रनभन्दा बढी जोड्न सकेनन्।

यस्तै भीम सार्की १७ रन जोड्दा चौथो विकेटको रुपमा आउट भए। भर्खरै २० रन जोडेका कुशल मल्ल पनि आउट भएका छन् । ताजा अवस्थामा नेपालले

३० ओभरमा ५ विकेट गुमाएर १४३ रन जोडेको छ ।

प्रकाशित मिति : माघ २५, २०८० बिहीबार  ११ : ५१ बजे