मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल र क्यानडाबीचको खेल सुरु,नेपालले दियो क्यानडालाई व्याटिङको निम्तो



काठमाडौं । क्यानडासँगको एक दिवसीय सिरिजको अन्तिम खेलमा नेपालले टस जितेर क्यानलाडाई व्याटिङको निम्तो दिएको छ । सोमबार टियु क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले आजको खेलमा तीव्र गतिका युवा बलर हेमन्त धामीलाई डेब्यु गराएको छ । सोमपाल कामीको स्थानमा हेमन्तलाई डेब्यु गराइएको हो ।

पहिलो खेलमा नेपाल ७ रन र दोस्रो खेलमा ४ विकेटले विजयी भएको नेपाल आज अन्तिम खेल जितेर सिरिजमा क्लिन स्वीप गर्ने लक्ष्यमा छ । यस्तै, क्यानडाका टोली पनि सिरिजमा आफ्नो पहिलो सान्त्वना जितको खोजिमा मैदान प्रवेश गर्नेछन् ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  १० : २३ बजे