मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस महासमिति बैठक : स्थानीय व्यवस्थापन उपसमितिमा सदस्य थपीए



काठमाडौँ, २९ माघ स् नेपाली कांग्रेसको आसन्न महासमिति बैठकको स्थानीय व्यवस्थापन उपसमितिमा दश सदस्य थप गरिएका छन् । कांग्रेसको आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमितिको बैठकमा स्थानीय व्यवस्थापनलाई व्यवस्थित एवं प्रभावकारी बनाउनका लागि कांग्रेस ललितपुरका सभापति जीतेन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा रहेको उक्त समितिमा दश सदस्य थप गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उक्त समितिमा गोविन्द पुडासैनी ९काठमाडौँ०, सुशील बस्नेत ९भक्तपुर०, वशिष्ठकुमार अधिकारी ९ललितपुर०, इन्द्रबहादुर थापा ९काठमाडौँ०, राजेश खड्का ९भक्तपुर०, लक्ष्मी महर्जन ९ललितपुर०, यादवप्रसाद अधिकारी ९भक्तपुर०, रोमेल श्रेष्ठ ९काठमाडौँ०, सुन्दरमान थिङ ९ललितपुर० र शुभानन्रत्न धाख्वा ९ललितपुर०लाई थप गरिएको मुख्यसचिव पौडेलले बताए ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  १० : ५७ बजे