कुशल मल्लले दिलाए नेपाललाई पाँचौ सफलता



काठमाडौं । नेपाललाई क्यानडाविरुद्धको तीन एक दिवसीय खेलको सिरिजको अन्तिम खेलमा पाँचौं विकेट हात परेको छ ।

पाँचौं विकेटको रुपमा क्यानडाका लागि २९ रन बनाएका हर्ष थाकर आउट भएका हुन् । उनले ५७ बलमा २ चौकाको मद्दतले २९ रनक बनाएका थिए ।

उनलाई नेपाली बलर कुशल मल्लले एलबीडब्लुको धरापमा पारेका हुन् । कुशलले उनलाई खेलको ३६.५ ओभरको क्यानडाको स्कोर १३२ रन हुँदा आकाश आउट गराएका हुन् ।

कुशलको यो जारी खेलमा दोस्रो विकेट हो । उनले पहिलो विकेट खेलको १८.१ ओभरमा निकोलाश कृटनलाई आउट गर्दै लिएका थिए ।

त्यस्तै नेपालका लागि ललित नारायण राजवंशी, हेमन्त धामी र आकाश चन्दले एक एक विकेट दिलाएका थिए ।

हेमन्त धामीले आजको खेलमा डेब्यु गर्दै एक विकेट लिएका हुन् ।

नेपालले यसअघिका दुई खेल जित्दै सिरिजमा कब्जा गरिसकेको छ । नेपालले पहिलो खेलमा ७ रनको रोमाञ्चक जित निकाल्दा दोस्रो खेलमा चार विकेटको जित निकाल्दै सिरिजमा कब्जा गरिसकेको छ ।

प्रकाशित मिति : माघ २९, २०८० सोमबार  १२ : ३३ बजे