बजेटको अर्धवार्षिक समीक्षा : अर्थमन्त्रीले घटाए दुई खर्ब बजेट



काठमाडौं ।सरकारले चालु आर्थिक वर्ष (आव) को बजेटको लक्ष्य घटाएको छ । सोमबार चालु आव २०८०र०८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री प्रकाशशरण महतले चालु आवमा कुल खर्चको ८७।३७ प्रतिशत मात्र खर्च हुने अनुमान गरिएको बताए । यससँगै सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएर १५ खर्ब ३० अर्ब रुपैयाँमा झारेको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार अर्धवार्षिक समीक्षामार्फत कुल बजेटको १२.६२ प्रतिशत (२ खर्ब २० अब रुपैयाँ) घटाएका हुन् ।

लक्ष्यअनुरुप आम्दानी हुने अवस्था नदेखिएकाले बजेटको आकार घटाइएको उनले जानकारी दिएका छन् । कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड विनियोजन गरिएकोमा ८४.१३ प्रतिशत मात्रै खर्च हुने बताए ।

चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड विनियोजन भएकोमा ८८.२४ प्रतिशत मात्रै खर्च हुने संशोधित अनुमान रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ७ : १० बजे