लिग–२ को पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित



काठमाडौं,३ फागुन । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गतको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ ।

नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १३३ रनको सामान्य लक्ष्य नामिबियाले ६ विकेट गुमाएर ३३।१ ओभरमा भेट्टायो ।

नेपालका सोमपाल कामीले ३, ललित राजवंशीले २ र कप्तान रोहित पौडेलले १ विकेट लिए ।

प्रकाशित मिति : फाल्गुन ३, २०८० बिहीबार  ३ : २३ बजे