काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले पार्टीको केन्द्रीय समिति बैठकमा प्रश्तुत गरिएका प्रतिवेदन र दस्तावेजहरुमा सत्तारुढ गठबन्धनको छाँया परेको बताएका छन् ।
शुक्रबार केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्नेक्रममा डा.कोइरालाले महासमिति बैठकमा प्रस्तुत हुने प्रस्तावहरु पार्टीको मौलिकतामा आधारित हुनुपर्ने धारणा राखेका हुन् ।
उनले पार्टीको इतिहासको गुणगान मात्र गाउनु र यथास्थितिमै रमाउने बानी परिवर्तन गर्न सुझाव दिए । मुलुक र पार्टीको समस्यालाई मार्गचित्रसहित भरोसायुक्त समाधान दिने काम गर्न र सुक्ष्म बिश्लेषण गर्दै सक्षमताको खोजी गर्नुपर्ने धारणा राखे ।














