मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मधेशका मुख्यमन्त्री यादवले पाए तेस्रो पटक विश्वासको मत



काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।आइतबार बसेको प्रदेश सभाको बैठकबाट मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त गरेका हुन् ।

प्रदेश सभामा उपस्थित १०४ जना सदस्यमध्ये मुख्यमन्त्री यादवको पक्षमा ६९ मत र विपक्षमा ३५ जनाले मतदान गरेका छन् ।

जसपा संसदीय दलका नेता यादव सुरुमा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए । तर सत्ता गठबन्धन परिवर्तन भएपछि यादवले दोस्रो पटक विश्वासको मत लिएका थिए ।

सीके राउत नेतृत्वको जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि यादवले आइतबार तेस्रो पटक विश्वासको मत लिएका हुन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ७ : ३२ बजे