मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वीरगंजमा कर्फ्यु,रौतहटको इशनाथ घटनाका विषयमा तनाव



काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंजमा अनिश्चितकालीन कफ्र्यु लगाएको छ । गत बिहीवार रौतहटको ईशनाथ नगरपालिकाको मोतीपुरमा मूर्ति विसर्जनका विषयमा भएको झडपको घटनालाई लिएर शनिबार वीरगंजमा प्रदर्शन भएको थियो ।

उक्त विरोध जुलुसका क्रममा झडपको स्थिति आएको भन्दै शनिबार साँझ ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि स्थानीय प्रशासनले कफ्र्यु लगाएको हो । वीरगंज महानगरपालिकाको पूर्वमा नगवा चौक (बारा जिल्ला सिमाना), पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मित्तेरीपुल (भन्सार क्षेत्र) तोकेर कफ्र्यु प्रमुख जिल्ला अधिकारी दीनेशसागर भुसालले कफ्र्यु आदेश जारी गरेका हुन् ।

उक्त क्षेत्र भित्र आवतजावत गर्न, भेला हुन, बाहिर हिडडुल गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ ¥याली गर्न एवम् अन्य कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न नपाइने प्रशासनको सूचनामा छ । अर्को आदेश नभए सम्मको लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम कफर्यू आदेश जारी गरिएको हो ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ६ : ०१ बजे