काठमाडौँ । काठमाडौँको स्वयम्भूमा तीन जनाको शव फेला परेको छ।बुधबार बिहान नागार्जुन नगरपालिका-६ मा तीन जनाको शव फेला परेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार तीनै शव घरभित्र फेला परेका हुन्।मृत फेला पर्नेमा एक महिला, एक बालक र एक बालिका छन्। बालबालिका मृतक महिलाकै छोराछोरी हुन्।
उनीहरूको हत्या मृतक महिलाकै श्रीमानले गरेको हुन सक्ने आकलन स्थानीयले गरेका छन्।
श्रीमती र छोराछोरी मारेर ती पुरुष भने भागेको स्थानीयको दाबी छ।घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।