नागार्जुन घटनाः परिवारका ३ सदस्यको हत्यापछि राजुले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निस्कर्ष



काठमाडौँ, ९ फागुनः काठमाडौँको नागार्जुन नगरपालिका(६ भैरबटोलमा एकै परिवारका तीन जनाको आज हत्या भएको छ ।

सोलखुम्बुको दूधकुण्ड घर भई नागार्जुन नगरपालिका(६ भैरबटोलमा बस्दै आएकी ३८ वर्षीया ईश्वरी श्रेष्ठ, निजकी आठ वर्षीया छोरी अनिशा श्रेष्ठ र साढे दुई वर्षकी नातिनी सिवानी श्रेष्ठको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। सो हत्यामा निज ईश्वरीका श्रीमानको संलग्नता रहेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

ईश्वरीका श्रीमान् राजु घिमिरे भनिने काजी विकको शव पनि घरभन्दा केही पर जङ्गलमा झुण्डिएको अवस्थामा फेला परेकाले उक्त हत्यामा निज काजी विककै हात रहेको अनुमान गरी प्रहरीले अनुसन्धान थालेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए । उनले भने, “परिवारका सदस्यहरुको हत्या गरेपछि उनले आत्महत्या गरेको प्रारम्भिक अनुमान छ । यसै विषयमा केन्द्रित रही प्रहरीले अनुसन्धान थालिसकेको छ ।” घटना आज विहानको हो । विहान साढे नौ बजेपछि कोठाभित्र शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

डकर्मी काम गर्ने विकले १५ वर्षका छोरालाईसय रुपैयाँ दिएर गोलमारी किन्न पसल पठाएर बिहान करिब ९ बजेतिर ३८ वर्षीया ईश्वरी श्रेष्ठ, छोरी र नातिनीको हत्या गरेको प्रराम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ।

त्यसपछि उनले ‘मैले तेरो परिवार सिध्याएँ’ भन्दै ससुरालीमा फोन गरेका थि । हत्या विकबाटै भएको सूचनाका आधारमा प्रहरीले खोजी गर्नेक्रममा हत्या भएको घरभन्दा केहीपर नागार्जुन नगरपालिका वडा नं। ५ सितापाइला हरिसिद्धीको जंगलमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको थियो।

हत्या प्रकरणमा अनुसन्धान भइरहेको छ । काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थल पुगेर अनुसन्धान जारी राखेको छ।

त्यसको केही समयपछि विक पनि घरभन्दा केही परको जङ्गलमा झुण्डिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा आउँदा उनको मृत्यु भइसकेको थियो ।

प्रकाशित मिति : फाल्गुन ९, २०८० बुधबार  २ : २३ बजे