मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

न्यायाधीश थपलिया र निरौलालाई बर्खास्त गर्न न्याय परिषद्को सिफारिस



काठमाडौं, १३ फागुन । न्याय परिषद्ले उच्च अदालतका न्यायाधीश डा।नवराज थपलिया र जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई बर्खास्त गर्ने निर्णय गरेको छ ।

आज ९आइतबार० बसेको न्याय परिषद्को बैठकले विवादमा मुछिएका न्यायाधीशद्वयलाई कारबाही गरेको हो । न्यायाधीशद्वयको बर्खास्तीका लागि सर्वोच्च अदालतमा पत्र पठाउने निर्णय भएको बताइएको छ ।

न्याय परिषद्ले विवादमा मुछिएका उच्च अदालतका एक जना र जिल्ला अदालतका तीन जना न्यायाधीशमाथि छानविन प्रक्रिया अगाडि बढाएको थियो । विवादमा मुछिएपछि जिल्ला अदालतका परशुराम भट्टराईले यसअघि नै राजीनामा दिइसकेका छन् । न्याय परिषद्ले परिषद्ले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई चेतावनीसहित महोत्तरी सरुवा गरेको छ ।

न्यायाधीश थपलियाविरुद्ध निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासमा मुद्दा मिलाउने र मोलाहिजाको काम गरेको आरोप लागेको थियो । त्यसैगरी जिल्ला अदालतका न्यायाधीश निरौलाविरुद्ध अपहरण गरी फिरौती लिने समूहका अभियुक्तलाई मिलेमतोमा छाडेको आरोप थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ६ : ५९ बजे