काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेले उठाएका मागका विषयमा सदनमा जवाफ दिन सभामुखले सरकारलाई रुलिङ गरेका छन्।फागुन १८ गते बस्ने बैठकमा जवाफ दिन उनले सरकारका नाममा रुलिङ गरेका हुन्।यससँगै संसदको अवरोध हटेको छ।
यसअघि एमालेका सांसदले विभिन्न विषयमा प्रधानमन्त्रीको जवाफ माग्दै सदनमा अवरोध गरेका थिए। यसपछि सभामुखले १५ मिनेटका लागि संसद बैठक स्थगन गरेका थिए।
विपक्षी दलहरुले बालकुमारी घटनाको जाँचबुझ आयोगले दोषी देखाएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको माग गरेका छन्।
एमालले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पर्यटनमन्त्री सुदन किरातीका साथै त टेरामक्स प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिएका स्वास्थ्यमन्त्री मोहन बस्नेतमाथि समेत प्रश्न उठाएको छ।
संसदको आइतबारको बैठकमा विशेष समय लिएर बोलेका एमाले सांसद गोकुल बास्कोटाले विवादित मन्त्रीहरुले तत्काल राजीनामा दिनुपर्ने माग गरेका थिए।














