काठमाडौं । नेपालि कांग्रेसका नेता तथा सांसद प्रदिप पौडेलले मिटरब्याज समस्या हल गर्न कानुन बनाएपछि घर फर्केका नागरिक फेरि पनि उहीँ समस्या लिएर काठमाडौं आउनुपर्ने बाध्यता किन भयो भन्दै प्रश्न उठाएका छन् । काठमाडौंमा आन्दोलनरत मिटरब्याजपिडितलाइ स्थलगत भेटेपछि नेता पौडेलले सामाजिक सञ्जालमार्फत प्रश्न उठाएका हुन् ।
उनले आन्दोलनरत नागरिकका समस्या सुन्दा मिटरब्याज आर्थिक अपराधमात्रै नभई गम्भीर सामाजिक अपराध सँग जोडिएको तर, राज्यले आर्थिक विषयमा मात्रै कानुनी उपचारको खोजी गरेको बताएका छन् ।
कानुनी ज्ञान नभएका किसानहरूलाई दुरुपयोग गरेर तमसुक गराई न्युनतम ब्याज भन्दा धेरै गुणा असुल गर्ने, पटक पटक सावा ब्याज भरपाई गर्दा पनि कहिलै नसकिने गरी लिइरहने, तिर्न नसकेको भन्दै धेरै किसानको भूमी हडप्नु असामाजिक र गैर कानूनी भएको उनको दाबि छ ।
नेता पौडेलल ेमिटरब्याज किसानका विषयमा तत्काल हल खोज्न तथा साहुकारसँग भएका लेनदेनका कागज र तमसुक छानविन गरी सत्य तथ्य पत्ता लगाइ कारबाहि गर्न सरकारसँग माग गरेका छन् ।