मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नामिबियाविरुद्ध नेपालको व्याटिङ जारी



काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नामिबियाविरुद्ध व्याटिङ गरेको छ । टीयू क्रिकेट मैदानमा नामिबियाका कप्तान जेजे स्मिथले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएसँगै नेपालले व्याटिङ गरिरहेको छ ।

आजको खेलमा नेपालले प्लेइङ–११ मा तीन खेलाडी परिवर्तन गरेको छ ।राजवंशी, कुशल भुर्तेल र सन्दीप जोरालाई बाहिर राखेर आरिफ शेख, अभिनाश बोहरा र अनिल साहलाई टोलीमा समावेश गरिएको छ ।

नेपालको प्लेइङ ११ मा आज पाँच तीव्र गतिका बलर करण केसी, प्रतिश जिसी, सोमपाल कामी, अभिनाश बोहरा, र गुलशन झा रहेका छन्

नेपालको प्लेइङ ११ ः

अनिल साह, आसिफ शेख, रोहित पौडेल (कप्तान), कुशल मल्ल, प्रतिश जिसी, आरिफ शेख, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, गुलशन झा र दीपेन्द्रसिंह ऐरी ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  १२ : २६ बजे