मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दंगाली लायन्सल जित्यो दाङ क्रिकेट लिग सिजन–२ को उपाधि



काठमाडौं । नेपाल टेलिकम दाङ क्रिकेट लिगको दोस्रो सिजनको उपाधि दंगाली लायन्सले जितेको छ । दाङ क्रिकेट संघद्वारा आयोजित लिगको फाइनलमा दंगालीले तुलसीपुर रोयल्सलाई ४५ रनले पराजित गर्दै उपाधी चुमेको हो ।

घोराही क्रिकेट रङ्गशालामा शनिबार सम्पन्न फाइनल खेलमा दंगाली लायन्सले दिएको एक सय ८ रनको लक्ष्य तुलसीपुरले १६ ओभरमा सबै विकेट गुमाएर ६२ रन मात्र बनाउन सक्यो । तुलसीपुर रोयल्सको ब्याटिङमा रुपेश सिंहले २० तथा अमर सिंह रौटेलाले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

दंगाली लायन्सका बलर बसिर अहमदले सर्वाधिक ३ विकेट लिए। प्लेयर अफ द म्याच समेत घोषित बसिरले ४ ओभरमा मात्र १३ रन खर्चिए । यस्तै विपिन खत्री, वीर बहादुर घर्ती मगर, प्रकाश जैसीले समान २ विकेट तथा शङ्कर रानाले १ विकेट लिए । यस अघि टस जितेर ब्याटिङ गरेको दंगाली लायन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०७ रन बनायो ।

दंगालीको लागि कप्तान विपिन खत्रीले सर्वाधिक ४५ रन बनाए जुन क्रममा उनले ३८ बलमा २ चौका र ३ छक्का प्रहार गरे । बसिर अहमदले २४ तथा अङ्कित बुढाले ११ रन बनाए । बलिङतर्फ तुलसीपुर रोयल्सका अमर सिंह रौटेलाले सर्वाधिक ३ विकेट लिए जुन क्रममा उनले ४ ओभरमा २३ रन खर्चिए । रुपेश सिंह, भुवन कार्की, दिवान पुन र नवीन विकले १र१ विकेट लिए ।

उपाधि सहित विजेता दंगाली लायन्सले २ लाख ५० हजार रुपैयाँ प्राप्त ग¥यो । उपविजेता तुलसीपुर रोयल्सले १ लाख रुपैयाँ पायो । प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द सिरिज विजेता टिम दंगाली लायन्सका बसिर अहमद घोषित भए ।

यस्तै प्रतियोगिताको उत्कृष्ट ब्याटर दंगाली लायन्सका सन्तोष कार्की, उत्कृष्ट बलर पुरनधारा च्यालेन्जर्सका दीपेन्द्र रावत तथा उदयमान खेलाडी देउखुरी वारियर्सका शुभम खनाल घोषित भए । प्लेयर अफ द सिरिजले १५ हजार रुपैयाँ प्राप्त गर्दा उत्कृष्ट ब्याटर, बलर तथा उदयमान खेलाडीले समान १०÷१० हजार रुपैयाँ प्राप्त गरे। फाइनल खेलका प्लेयर अफ द म्याच घोषित बसिर अहमदले ५ हजार रुपैयाँ पाए ।

दाङ क्रिकेट संघले आयोजना गरेको प्रतियोगितामा पाँच वटा पÞm्रेन्चाइज् टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको खेलाडी छनोट अक्सनमार्फत गरिएको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ४ : ३२ बजे