मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

न्यून गुणस्तर पाइएपछि लोमस फर्मास्युटिकल्स र फर्माको इन्डष्ट्रिजका तीन प्रकारका औषधि बिक्रीमा रोक



काठमाडौं । औषधि व्यवस्था विभागले दुई नेपाली कम्पनीका तीन प्रकारका औषधिको बिक्री वितरणमा रोक लगाएको छ । प्रयोगशाला परीक्षणमा न्यून गुणस्तरको पाइएका लोमस फर्मास्युटिकल्स गोठाटारका दुई र फर्माको इन्डष्ट्रिज रामकोटद्वारा उत्पादित एउटा औषधि बजारबाट फिर्ता लैजान भनेको हो ।

बिक्री वितरणमा रोक लगाइएका औषधिमा लोमसको ब्याच नम्बर एमटीएस ०१२३ भएको मेट्रो सस्पेन्सन (ओरल सस्पेन्सन) ५ एमएल, मेट्रोनिडाजोल बेन्जोएट २०० एमजी र ब्याच एचपी–०१२३ को हेल्माप्रेन (अबलेन्डाजोल ब्याब्लेट) ४०० एमजी छ । यी औषधि २०२३ मार्च र २०२२ जुनमा उत्पादित हुन् ।

यस्तै फर्माकोको ब्याच २२÷०१ को मेट्रो–पी (मेट्रोनिडाजोल सस्पेन्सन आइपी) ५ एमएल, मेट्रोनिडाजोल २०० एमजी पनि बिक्रीमा रोक लगाइएको विभागको सूचनामा छ । फर्माकोको उक्त औषधि जुन २०२२ मा उत्पादितमध्येको हो ।

विभागले सम्बद्ध कम्पनीहरुलाई औषधि ऐन २०३५ को दफा १४ बमोजिम ती औषधिहरु बजारबाट तुरुन्त फिर्ता ल्याउन र त्यसको विवरण उपलब्ध गराउन भनेको छ । साथै विभागले रोक लगाइएका औषधि सेवन नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ४ : ४२ बजे