एमालेको राष्ट्रिय सभा प्रमुख सचेतकमा भगवती न्यौपाने



काठमाडौं । एमालेले राष्ट्रिय सभामा संसदीय दलको प्रमुख सचेतकमा भगवती न्यौपानेलाई मनोनयन गरेको छ । आइतबार एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले न्यौपानेलाई राष्ट्रिय सभाको प्रमुख सचेतकमा मनोनयन गरेका हुन् ।

न्यौपालाई एमालेको संसदीय दलको विधान–२०७७ बमोजिम सोमबार फागुन २१ गतेदेखि लागू हुने गरी प्रमुख सचेतकमा मनोनयन गरेको पार्टी सचिवालयले जनाएको छ ।

राष्ट्रियसभामा पार्टीका तर्फबाट प्रमुख सचेतक रहेका भैरवसुन्दर श्रेष्ठको कार्यकाल आज सकिएकोले न्यौपानेलाई मनोनयन गरिएको हो ।

प्रकाशित मिति : फाल्गुन २०, २०८० आईतबार  ४ : १२ बजे