घूस लिने कलंकी नापी कार्यालयका सर्वेक्षक र लेखापढी व्यवसायीविरुद्ध मुद्दा दायर



काठमाडौं । सेवाग्राहीबाट लिएको घूसको रकमसहित पक्राउ परेका काठमाडौंको कलंकीस्थित नापी कार्यालयका सर्वेक्षक लक्ष्मीप्रसाद चौलागाई र लेखापढी व्यवसायी नेत्रबहादुर पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

जग्गा हालसाविक एवं कित्ताकाट गरी पुर्जा उपलब्ध गराइदिन लिएको घूसको एक लाख रुपैयाँसहित नियन्त्रणमा लिइएका दुवैविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको हो ।

आयोगका अनुसार सेवाग्राहीबाट लिएको घूसको रकममा सर्वेक्षक चौलागाईँ र राजधानी लेखापढी सेवाका पोखरेलबाट ५०/५० हजार बरामद भएको थियो । उनीहरुलाई अख्तियारको टंगालस्थित कार्यालयबाट गएको टोलीले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : फाल्गुन २०, २०८० आइतबार  ६ : ३९ बजे