मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माओवादीले फिर्ता लियो गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन



काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गण्डकी प्रदेशमा कांग्रेसका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई दिएको समर्थन फिर्ता लिएको छ ।बुधबार बिहान बसेको माओवादी संसदीय दल गण्डकीको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको माओवादी केन्द्र गण्डकी प्रदेशका संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिए ।

‘हामीले हिजै लिनुपर्ने निर्णय थियो अलि ढिला भयो । सरकारलाई दिएको समर्थन आजको बैठकले फिर्ता लिएको छ । संसद सचिवालयमा पत्र पठाइसकेका छौं,’ चुमानले भने । गण्डकीमा माओवादीले मुख्यमन्त्री पाण्डेलाई दिएको समर्थन फिर्ता लिएसँगै पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

सरकार चलाउन ३१ जना सांसदको अंकगणित पर्याउनुपर्ने गण्डकीमा एमाले र माओवादीका कूल २९ सांसद छन् । कांग्रेस एक्लैको २७ सांसद रहेको गण्डकीमा राप्रपाकाको २ र एकीकृत समाजवादीको १ जना सांसद छन् । त्यहाँ नयाँ गठबन्धनको सरकार बनाउन पनि राप्रपा र एकीकृत समाजवादीको भुमिका महत्वपूर्ण हुने देखिन्छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  १ : ४३ बजे