मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भरतपुरमा शुक्रबारदेखि फर्मा एक्स्पो



काठमाडौं । नेपाल औषधि उत्पादक संघ(एपोन)को आयोजनामा आगामी शुक्रबारदेखि नवौं नेपाल फर्मा एक्स्पो–२०२४ हुने भएको छ । फर्मा एक्सपोका संयोजक प्रभात रुङटाले बुधबार विज्ञप्ति जारी गर्दै ‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक’ नारासहित चितवन एक्स्पो सेन्टर भरतपुरमा नेपाल फर्मा एक्स्पोको नवौं संस्करण आयोजना गरिएको जानकारी दिएका छन् ।

तीन दिनसम्म चल्ने एक्स्पोमा नेपाली औषधि उद्योगको विकास र प्रवद्र्धनका गतिविधिसाथै निर्यातयोग्य औषधि उद्योगमा प्रयोग भइरहेका प्रविधि, उपकरण, विधि, पद्धतिका बारेमा सर्वसाधारणलाई जानकारी गराइने जनाइएको छ ।

‘साधारण नेपाली जनताले औषधि कसरी बन्दछ, औषधिको गुणस्तर कस्तो छ भन्ने कुरा जान्न र आफ्नो देशको उद्योगबाट उत्पादन भएका औषधि अन्तर्राष्ट्रिय मापदण्डको प्रयोग कसरी गरेका भन्ने कुरा एक्स्पोबाट जानकारीप्राप्त गर्न सक्दछन् । एक्स्पोको अर्को उद्देश्य भनेको सरकारलाई नेपाली उद्योगले कस्ता प्रविधि, उपकरण, कच्चा पदार्थ प्रयोग गरेर औषधि उत्पादन गर्छन् भनेर पनि जानकारी गराउनु हो,’ विज्ञप्तिमा भनिएको छ, ‘विश्वस्तरीय मान्यताप्राप्त विश्व स्वास्थ्य संगठनको जीएमपी मापदण्डमा नै नेपालका औषधि उत्पादन र प्रयोग भएको जानकारी दिनु एक्स्पोको अर्को पाटो पनि छ ।’

एक्स्पोमा एक सय ६० वटा स्टल हुने जानकारी दिँदै औषधि उत्पादन गर्ने उपकरण र उत्पादित औषधि पनि प्रदर्शनीमा हुने जनाइएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ७ : २४ बजे