जसपाले पायो दुई मन्त्रालय, उपेन्द्रले लिए उपप्रधानसहित स्वास्थ्यमन्त्रीको शपथ



काठमाडौं । जसपा आजबाट सरकारमा समाबेश भएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । जसपाका अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन् भने नबलकिशोर साह वन मन्त्री बनेका छन् ।

दुवै मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बिहान पद तथा गोपनीयताको शपथ दिलाएका छन् । शीतल निवासमा आयोजित शपथ समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीशलगायत विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : फाल्गुन २७, २०८० आईतबार  १२ : १३ बजे