राष्ट्रियसभा अध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक : भोलि उमेदवारी दर्ता,पर्सि निर्वाचन



काठमाडौं । संघीय संसद सचिवालयले राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । सचिवालयले आइतबार तालिका सार्वजनिक गर्दै सोमबार प्रस्तावको सूचना दिने कार्यक्रम तय गरेको छ ।

तालिका अनुसार भोलि (सोमबार) ११ बजे देखि १ बजे सम्म उमेदवारी दर्ताको समय निर्धारण गरिएको छ । यस्तै, साढे १ बजे उमेदवारको नामावली प्रकाशित गरिनेछ ।

पर्सि मंगलबार राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।

५९ सदस्यीय राष्ट्रिय सभामा माओवादी केन्द्र सबैभन्दा ठूलो पार्टी छ । उसका उपाध्यक्षसहित १८ सांसद छन् । यस्तै, कांग्रेस १६ सिटसहित दोस्रो ठूलो दल हो । एमालेबाट १० जना सांसद छन् राष्ट्रियसभामा छन् । एकीकृत समाजवादी ८, जसपा ३, लोसपाको पनि एक जना सांसद राष्ट्रिय सभामा छन् ।

प्रकाशित मिति : फाल्गुन २७, २०८० आईतबार  ६ : ४४ बजे