सुन तस्करी प्रकरण : अखिल क्रान्तिकारीका महासचिव दीपेश पुन पक्राउ



काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा एबं अखिल क्रान्तिकारीका महासचिव दिपेश पुन सुन तस्करी प्रकरणमा पक्राउ परेका छन् । पुनलाई प्रहरी प्रधान कार्यालयको विशेष टोलीले पक्राउ गरेको हो।

६० किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग उनको सम्बन्ध देखिएपछि उनि छानबिनको दायरामा परेका थिए । तर, सीआईबीले गम्भीरतापूर्वक अनुसन्धान नगरी उनलाई उन्मुक्ति दिएको सुन जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको छ ।

प्रहरीले पुनमाथि थप अनुसन्धान सुरू गरेको छ।

प्रकाशित मिति : चैत्र २, २०८० शुक्रबार  ७ : ०५ बजे