काठमाडौं । सोमबारको प्रतिनिधि सभा बैठक जारि रहेको छ ।
आजको बैठकको सुरुमै नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगन कुमार थापाले गृहमन्त्री रवि लामिछानेले पोखराको सूर्यदर्शन सहकारीमा नक्कली खाता खोलेको खुलासा गरेका छन् ।
बैठकलाई सम्बोधन गर्दै उनले उक्त सहकारीका करिब १९ हजारभन्दा बढी बचतकर्ताहरु ठगिएको उनको बताए । उक्त सहकारीबाट एक अर्ब ३५ करोडभन्दा माथि पैसा अपचलन भएको उनले बताए ।














