मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दीपक मनाङे गण्डकी प्रदेशको भौतिक पूर्वाधारमन्त्रीमा नियुक्त



काठमाडौं,५ चैत । नेकपा एकीकृत समाजवादी छाडेर स्वतन्त्र बनेका सांसद दीपक मनाङे गण्डकी प्रदेशमा मन्त्री नियुक्त भएका छन् ।

उनी सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्त भएका हुन् ।

मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसैगरी कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी थपिएको छ ।

मन्त्री नियुक्त भएका उनले आजै पद तथा गोपनीयताको शपथ लिने बताईएको छ । यसअघि सत्तामा रहेको माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि रिक्त रहेको मन्त्रालयमा मनाङेलाई ल्याएर मुख्यमन्त्री पाण्डे सरकार जोगाउन लागिपरेका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  २ : १२ बजे