मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियारसहित दुर्गा प्रसाईंका बडिगार्ड पक्राउ



काठमाडौँ, ५ चैतः नेपाल प्रहरीले सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियारसहित आज एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्का रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । 

उनले भने, “अत्याधुनिक हतियार लिएर अदालत प्रवेश गर्ने क्रममा त्यहाँ सुरक्षार्थ खटिएका प्रहरीले नियन्त्रणमा लिएर हामीलाई बुझाएको छ, उक्त विषयमा अनुसन्धान भइरहेको छ ।”

पक्राउ परेका खड्का विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँका अंगरक्षक भएको आशंका छ ा

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ४ : ०७ बजे