मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउन कांग्रेसको माग



काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउन माग गरको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले छानबिन समिति बनाउन माग गर्दै नभए सदन चल्न नदिने चेतावनी दिएका हुन् । खतिवडाले संसदीय सुनुवाइ समिति गठनका लागि आवाज उठाउँदा भागेर हिँड्ने सरकारले कस्तो आयोग गठन गर्ला भन्दै आशंका व्यक्त गरेका छन् ।

उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्ने आफूहरूले गरेको मागबाट सरकार भागेका भन्दै जनतालाई ढाँट्न पाईँदैन् भन्दै आक्रोस पोखे । उनले भने, सरकारले न्यूनतम साझा कार्यक्रम हिजो घोषणा गरेको सुनियो। विभिन्न आयोग गठन गर्छु भनेको पनि त्यहाँ उल्लेख गरिएको पनि सुनियो छन्। सहकारी ठगीको एउटा संसदीय सुनुवाइ समिति गठन गर भनेर आवाज उठाउँदा भागेर हिँड्ने सरकारले कस्तो आयोग गठन गर्ला ? त्यो पनि अचम्मको विषय बन्यो ।, जनतालाई ढाँट्न पाइँदैन।

तेस्तै सभामुखसँग समय माग्दै कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले छानबिन समिति बनाउन माग गर्दै नभए सदन चल्न नदिने चेतावनी दिइन् ।

उनले भनिन्् ,‘हामी अवरोध गर्न चाहँदैनौँ । छानबिन समितिको मागसँग किन डराउनुप¥यो उहाँलाई ? हिजो बालकुमारी घटनाको छानबिनका लागि यहीँ उफ्री उफ्री कराउनुभएको थियो त । आज उहाँको विषयमा समिति गठन गर्नुप¥यो भन्दा समिति नै गठन गर्न नहुने उहाँ स्वर्गबाट आएको हो ? हामी सबै यहाँ जन्मिएको, उहाँ मात्र त्यसरी निस्कनुभएको हो ? किन डराउनुप¥यो ।उनले सहकारी ठगी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेको राय नै नमिलको भन्दै आपत्ति जनाईन् ।

प्रतिपक्षले पटक–पटक उठाएको विषयमा प्रधानमन्त्री र गृहमन्त्रीको भनाइ नै बाझिएको बताएकी हुन् ।‘गोरखा मिडिया खोल्दा १ रवि लामिछानेले करोड सुप्रिम सहकारीबाट लिएको देखिन्छ । जम्मा एक वर्ष मिडिया सञ्चालन गर्दा ३५ हजार मानिसले पेट काटेर जम्मा गरेको ५२ करोड रकम गैर कानुनी रुपमा प्रयोग भएको भनेर बोल्यो यही विषयको जवाफ कांग्रेसले प्रधानमन्त्रीबाट मारिाखेको थियौं । थियो । सत्ता पक्षमा हुँदा होस् वा प्रतिपक्षमा हुँदा पनि यो विषयमा पटकपटक उठाउँदै आएका छौं ।

तर प्रधानमन्त्रीले हिजो भर्खर उठेको भनेर जवाफ दिनुभएको छ’, न्यौपानेले भनिन्, ‘प्रधानमन्त्रीले रवि सहकारीको संचालक कर्मचारी होइन भन्नुभयो । लिएको रकम फर्छ्यौट भएको भनेर बोल्नुभयो । तर हाम्रो पैसा हिनामिना भयो भनेर पीडित कराउँदै गर्दा रवि लामिछानेले प्रेस मिट गरेर मैले पैसा लिएको छैन भन्नुभयो म सम्झन्छु । । प्रधानमन्त्री लिएको पैसा फर्छ्यौट भयो भन्नुहुन्छ । गृहमन्त्री पैसा लिएको छैन भन्नुहुन्छ । पैसा नलिएको भए फर्छ्यौट कसरी भयो ?’

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  १ : २६ बजे