मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अत्याधुनिक हतियारसहित पक्राउ परेका दुर्गा प्रसाईंका बडीगार्डलाई ५ दिन हिरासतमा राख्न आदेश



काठमाडौँ ।सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुर्गा प्रसाईंका दुई जना बडीगार्ड लाई पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ।

सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियारसहित पक्राउ परेका झापाको बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्का र अर्का व्यक्ति रामकुमार धिमाललाई जिल्ला अदालत काठमाडौँले पाँच दिन हिरासतमा राखनेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

‘सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका खड्का र धिमाललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति प्राप्त भएको छ, उनीहरुमाथी हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ,’ उनले भने।

आफ्ना बडीगार्डलाई पक्राउ गर्नु गैरकानुनी भएको दाबी गर्दै प्रसाईंले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका छन्। उक्त रिटमाथि बुधबारै सुनुवाइ हुने तय गरिएको छ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  १ : ४० बजे